विधुत सट भएर इटहरीको मुख्य बजारमा भीषण आगलागी

बुधबार, कार्तिक २१, २०७५



ईटहरी । विधुत सट भएर ईटहरीको मुख्य बजारमा भीषण आगलागी भएको छ । इटहरी उपमहानगरपाालिका–६ स्थित मुख्य चोकमा रहेको सप्तकोशी कलर ल्याब रहेको चारतले पक्की भवनमा बुधबार दिउँसो विधुतसट भएर आगलागि भएको हो ।

आगलागीबाट विनोद पराजुलीको नाममा रहेको उक्त चारतले भवनको माथिल्लो तीन तला पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

आगोलाई नियन्त्रणमा लिनका लागि इटहरी धरान विराटनगर इनरुवा तथा त्यस आसपासमा भएका बारुणयन्त्र, प्रहरी नेपाली सेना सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको छ ।

आगलागीबाट उक्त घरमा रहेका पसलका सम्पूर्ण सामन जलेर नष्ट भएका छन् । आगलागीबाट करौंडौंको क्षती भएको प्रहरीको अनुमान रहेको छ ।  क्षति पूर्ण विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।

96 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank