जागिरबाट निकालिएपछि कर्मचारीले लगाए आफ्नै शरिरमा आगो

सोमवार, जेष्ठ २६, २०७७



काठमाडौं । अछामको बयालपाटा अस्पतालमा कार्यरत एक कर्मचारीले जागिरबाट निकालिदिए पछि आफ्नै शरिरमा आगो लगाएका छन ।

सोमबार बयालपाटा अस्पतालको प्रागंगढमा पुगेर एक कर्मचारीले आगो लगाएका हुन । अस्पतालले हटाएका ३३ जना कर्मचारीमध्येका साफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।

अस्पतालमा आर्थिक संकट परेको भन्दै आउजी सहित ३३ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो । अस्पतालले हटाएपछि त्यही तनावमा आउजीले शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेको अर्का कर्मचारी विशाल पण्डितले जानकारी दिए । ट्वाइलेट सफा गर्ने कर्मचारीको रुपमा रहेको आउजीलाई हाकिमले फेरी अस्पातल किन आयों भन्दै थर्काएपछि उनले अस्पतालमै आगो लगाएका हुन ।

आउजीको शरिरमा लागेको आगो स्थानियहरुले निभाएको भिडियो समेत सार्वजनिक भएको छ । अहिले आउजीलाई थप उपचारको लागि हेलिकोप्टर मार्फत नेपालगञ्ज ल्याएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments