आगालागीमा परि ५ वर्षीय बालकको मृत्यु

शुक्रबार, मंसिर ६, २०७६



काठमाडौं । आगालागीमा परि उदयपुर त्रियुगा नगरपालिका–१६ रातापानी मा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।  त्रियुगा नगरपालिका वडा नम्बर १६ का चन्द्र बहादुर राईको घरमा बिहीबार दिउँसो आगलागी हुँदा राईका ५ वर्षीय छोरा बिष्णु बहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छिमेकी बम बहादुर राईको घर र गोठमा समेत फैलिएर आगलागी हुँदा दुवै जनाको घर र गोठ जलेर करिब ३२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै सप्तरी राजविराज नगरपालिका–३ बस्ने राजेश कुमार देवको शिवम् ट्रेडिङ एण्ड विजनेश हाउस पसलभित्र विद्युत सर्ट भइ बिहीबार राति आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata