गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

आइतवार, साउन २६, २०७६



काठमाडौं । अज्ञात समूहले दाङ र कपिलबस्तुका गाउँपालिका अध्यक्षको गाडीमा आगजनी गरेका छन ।

दाङको बंगलाचुली र कपिलबस्तुको मायादेवी गाँउपालिकाका अध्यक्षको गाडीमा गएराति आगजनी भएको हो ।

कपिलवस्तुको मायादेवी गाँउपालिकाका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी जीपमा गएराति तौलिहवामा आगजनी गरिएको हो । त्यस्तै गएराति नै दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले प्रयोग गर्दै आएको जीपमा पनि आगजनी गरिएको छ ।

उनले प्रयोग गर्दै आएको रा १ झ १५२ नम्वरको जीपमा पाँच नम्बर बडा कार्यालय मुर्कटीमा गएराती आगजनी गरिएको हो । आगजनीपछि जीप जलेर नष्ट भएको छ । आगजनी कसले के कारण गर्‍यो भन्नेमा अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata