आगलागीबाट ६ घर सहित दुई गोठ जलेर नष्ट, ३१ लाख बराबरको क्षती

बुधबार, बैशाख २५, २०७६



दाङ । आगलागीबाट ६ घर सहित दुईवटा गोठ जलेर नष्ट भएका छन् । घोराही उपमहानगरपालिका १ माले गाउँमा लागेको आगोबाट ६ घर सहित दुई वटा गोठ जलेर नष्ट भएका हुन् ।

सल्लीकोट महिला सामुदायिक वनबाट फैलिएको आगोले घर गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट चुमानसिंह विष्ट,गमबहादुर गमाल,टुकमाल गुमाल,श्यामलाल विष्ट लगायतको घर गोठमा लागेको आगोले करिब ३१ लाख बराबरको धनमालकाे क्षती भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata