कपास उधोगमा आगलागी करिब ५० हजार बराबरको नोक्सानी

सोमवार, बैशाख १६, २०७६



बाँके । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २१ पुरैनामा रहेको शारदा कपास उद्योगको गोदामघरमा भण्डारणमा आगलागी भएको छ ।  सोमबार बिहान १० बजे  आगलागी भएकाे थियाे ।   आगलागीबाट उद्योगको गोदामघरमा भण्डारण गरिएको करिब ५० लाख रुपैयाँ मूल्य बराबरको कपास जलेर नष्ट भएको  बताइएको छ।

आगलागी हुनासाथ नेपालगञ्ज उपमहानगरपालिकाकाे दमकल, स्थानीय र प्रहरीकाे सक्रियतामा आगो नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक नारायण डाङ्गीले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank