बिजुली बजारमा आगलागी (फाेटाे फिचरसहित)

बिहिबार, चैत्र ७, २०७५

- बसन्त शाही



काठमाडौं । काठमाडौंको बिजुली बजारको विधुतको पोलमा आगलागी भएको छ । बिहिबार विहान करिव १० बजे तीर आगलागी भएको हो ।  नेपाल विधुत प्राधिकरणको लापरबाहीका कारण भएको आगलागी आधाघण्टा पछि नियन्त्रणमा आएको छ ।

बिजुली,इन्टरनेट र केबलहरुको तार एकसाथ अब्यबस्थीत भएका कारण आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीय, व्यापारि,प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । नेपाल विधुत प्राधिकरण,केबल र इन्टरनेट कम्पनीको लापरबाही गरेको भन्दै स्थानिय आक्रोशित बनेका थिए ।

सो क्षेत्रबाट प्रवाह हुँदै आएको एरियामा विधुत बन्द भएको छ । उपत्यकाको मुख्य ठाउँमा समेत सम्बन्धीत निकाएको ध्यान जान नसक्नु दुखद भएको स्थानियले गुनासो गरेका छन् ।

यसरी भएकाे थियाे आगलागी

5

6

54

3

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata