सुनसरीमा आगलागीबाट चार घर पसल जले, करौंडोको क्षती

शनिबार, बैशाख १५, २०७५



सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका ४ पारुहाङ चोकको बजार क्षेत्रमा शुक्रबारराति आगलागी हुँदा चारवटा घर र पसलहरु जलेर नष्ट भएका छन् ।

घर र धनमाल जलेर नष्ट हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । राति १२ बजेतिर विद्युत सट भएर आगो सल्किएको थियो । पसलमा रहेका ११ वटा खाना पकाउने एलपी ग्याँँस सिलिण्डर पड्किएर आगो फैलिएको थियो । आगोले स्थानीय पदम अधिकारी, बालकुमार राई विदेशीकुमार श्रेष्ठ र मनकुमारी राईको घर र ती घरमा रहेका पसल जलेका हुन् ।

घटनास्थलबाट करिब ५ सय मिटर दूरीमा रहेको इटहरी उपमहानगरपालिकाको दमकल नआएपछि करिब २० किलोमिटर टाढा सदरमुकाम इनरुवा नगरपालिकाको दमकल बोलाउनुपरेको पीडितले बताएका छन् ।

87 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank