क्यालिफोर्निया आगलागीमा मर्नेको संख्या ४८ नाघ्यो , २२८ अझै बेपत्ता

बिहिबार, कार्तिक २९, २०७५



 अमेरिका । क्यालिफोर्नियाको इतिहासमा सबै भन्दा विनाशकारी आगलागीमा मर्नेको संख्या ४८ नाघेको जनाइएको छ । उक्त आगलागीमा हराईरहेका २२८ अझै फेला नपरेको उद्धारमा संग्लग्नले जनाएका छन ।
ब्यूट काउण्ट शेरिफ कोरी होनाले बुधवार सवाददातालाई बताए अनुसार आगलागीमा परी हराउनेको मानव अवशेष फेला पार्न अत्यन्त कठिन देखिन्छ । १०० नेशनल गार्ड सैनिक , फोरेन्सिक टिम र तालिम प्राप्त कुकुरको प्रयासबाट प्याराडाइज शहरमा हराउने मानिसको खोजी गरिएको छ ।
त्यसै गरी विभिन्न राज्यमा खोजीकार्य जारी राखिएको जनाइएको छ । अत्यन्त प्रतिकुल मौसममा जारी राखिएको खोजीकार्य आगामी २४ घन्टा पछी अलि सजिलो हुने अनुमान लगाइएको छ । मौसम विभागले अनुमान लगाए अनुसार बिस्तारै घटदै गएको हावाको गती र सम्भाबित वर्षाको कारण स्थीती अधिक अनुकुल हुने अपेक्षा गरिएको छ । ५४००० हेक्टर भन्दा अधिक क्षेत्रफलको जंगल , ८८०० भन्दा ज्यादा संरचना र ७६०० घर आगोको चपेटामा पुर्णतया ध्वस्त भएको अधिकारीले जनाएका छन ।
उक्त भिषण आगलागीबाट करीव ५२००० मानिसलाई सुरक्षित स्थानमा लगिएको छ । १००० भन्दा बढी मानिसलाई आश्रय दिइएको छ । उक्त क्षेत्रमा लगाइएको वनस्पति टिन्डर सुकेको काठ जस्तै मानिन्छ । जुन सामान्य आगोको झिल्काले पनि आगो लगाउन सक्छ । वर्षात बिना तेज हावा चल्दा छिट्टै आगो फैलीने कारण ठुलो मात्रामा नोक्सान बेहोरेको अधिकारीले जनाएका छन । आगलागी भएको क्षेत्रमा लुटपाट र खतरा बढेको अधिकारीले जनाएका छन ।
आम मानिसलाई साबधान गर्न खतराको संकेत चिन्ह पी १ र पी २ लगाउँदै जानाकारी गराइएको छ । आगलागी क्षेत्रमा २०० संकास्पदलाई समातिएकोमा १८ लुटपाट सँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ । गत सोमवार उक्त खाली इलाकामा लुटपाटको निम्ती सक्रीय युवालाई हतियार समेत गिरफ्तार गरिएको छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata