क्यालिफोर्निया आगलागीमा २५ को निधन- आगलागी अझैं नियन्त्रण बाहिर

आइतवार, कार्तिक २५, २०७५



अमेरिका । अमेरिकाको क्यालिफोर्निया प्रान्तमा लागेको भिषण आगलागीमा मर्नेहरुको संख्या २५ पुगेको छ । स्थानिय शेरिफ कोरी होनियाले मिडियासँग बताए अनुसार, प्राप्त गरिएको शबको संख्या २५ पुगेको छ । उत्तरी क्यालिफोर्नियाको जंगलमा लागेको भिषण आगलागी मानववस्तीमा प्रबेश गर्दा उक्त घटना घटेको जनाइएको छ ।

भिषण आगलागी नियन्त्रणमा ल्याउन कठिन संघर्ष भइरहेको भएतापनि पूर्ण सफलता हात लाग्न सकेको छैन । स्थानिय मानिसहरुले आफ्नो पाल्तु जनावर सहित उक्त स्थान छोड्न बाध्य भएका छन् । सनफ्रान्सीस्कोबाट करिब २९० किलोमिटर टाढा २७ हजार मानिस बसोबास गर्ने सानो प्याराडाइज शहरको बासिन्दालाई सुरक्षा निकायले आफ्नो घरबाट सुरक्षित स्थानतर्फ जान आदेश दिएको छ ।

आगोको चपेटमा स्थानियको घर जलिरहेको विनाशकारी दृश्य बर्णन गर्न कठिन भइरहेको स्थानियले जनाएका छन् ।

हेर्नुहाेस 

79 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank