मानव संसाधनका क्षेत्रमा बजेट बृद्धि गरिएको छ: अर्थमन्त्री खतिवडा

बुधबार, जेष्ठ २२, २०७६



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले माानव संशाधनका क्षेत्रमा गत वर्षको तुलनमा यस वर्ष बजेट बृद्धि गरेको बताएका छन् ।

अर्थमन्त्री खतिवडाले सरकारले मानव संशाधनको विकासलाई प्राथमिकतामा राखेर शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा गतवर्षको तुलनामा बजेट बृद्धि गरेको बताए ।

भुटान–नेपाल ह्यूमन क्यापिटल फोरमले बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले सरकारले मानव संशाधनको विकासमा जोड दिएको बताए ।

तीव्र आर्थिक विकासको लक्ष्यलाई पूरा गर्न सरकार मानव संशाधनको विकासमा केन्द्रित भएको दाबी गर्दै अर्थमन्त्री खतिवडाले भुटान र नेपालले मानव संशाधनको क्षेत्रमा सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank