नेविसंघ र अखिल कार्यकर्ताबीच झडप, तीन जना घाइते

सोमवार, फाल्गुन ५, २०७६



काठमाडौं । प्रर्दशनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू र प्रतिपक्ष दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताकाहरुबीच झडप भएको छ ।

झडपमा नेपाल विद्यार्थी संघका तीन जना कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा आविश्कार पौडेल, कुशल बस्नेत र सुमन खड्का रहेका छन् । उनीहरुको मोडेल अस्पतालमा उपचार भइरहेको छ । नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईका अनुसार कक्षाकोठामा पढ्नका लागि गइरहेका नेपाल विद्यार्थी संघका कार्यकर्तालाई अखिलले क्याम्पस बाहिरबाट  गुण्डाहरु बाेलाएर आक्रमण गरेकाे अाराेप लगाए । झगडा गरिरहेकाे अवस्थामा प्रहरीले नेपाल विद्यार्थी संघका केहि कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुष्कर बाँस्तोला, सन्जीब ढकाल, रामजी बस्नेत, उमेश गुरुङ र विकु खड्का रहेका छन् ।

पक्राउ परेका विद्यार्थीलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । नेपाल विद्यार्थी संघका महामन्त्री भट्टराईले विज्ञप्ती मार्फत घटनाको भत्र्सना गरेका छन् । महामन्त्री भट्टराईले पक्राउ परेका विद्यार्थीको तत्काल रिहाईको माग गर्दै घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । सत्ताको आडमा प्रहरी प्रशासनले नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि भएको आक्रमणको निष्पक्ष छानविन भएर दोषि माथि कारवाही नभएर देशव्यापी आन्दोलन गर्ने भट्टराईले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments