छत्तीसगढ मुठभेडमा आठ नक्सलवादीको मृत्यु

सोमवार, मंसिर १०, २०७५



रामपुर । भारतीय राज्य छत्तीसगढको नक्सलवादी प्रभावित सुकमा जिल्लामा प्रहरी र नक्सलपन्थी बीच भएको मुठभेडमा ८ नक्सलवादी कार्यकर्ता मारिएका छन् ।  राज्यको नक्सलवादी विरोधी अभियानको विशेष प्रहरी महानिर्देशक डिएम अवस्थीले सोमबारको मुठभेडमा दुई प्रहरी समेत मारिएको जनाएका छन् ।

सुकमा जिल्लाको किस्टाराम थाना क्षेत्र अन्तरगत तेलगाना सिमामा भएको उक्त मुठभेडमा एकिन विवरण आउन बाँकी नै छ ।  घटना पछि नक्सलवादीहरु फरार रहेको र खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ । साथै घटना घटाइएको उक्त क्षेत्र अतिविकट रहेको हुँदा खोजी कार्यमा समस्या रहेको प्रहरीले जनाएको छ ।

83 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank