सन् २०२२ को विश्वकपमा ४८ टोलीलाई खेलाउने योजनाबाट पछी हट्यो फिफा

बिहिबार, जेष्ठ ९, २०७६



काठमाडौं । फिफा  सन् २०२२ मा एसियाली मुलुक कतारमा हुने विश्वकप फुटबलको अन्तिम  प्रतिस्पर्धामा ४८ टोलीलाई सहभागी गराउने योजनाबाट तत्कालका लागि पछि हटेको छ ।

यसअघि फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले २०२२ देखि नै ४८ टिमबीच प्रतिस्पर्धा हुने बताएका थिए। ४८ टिमबीच प्रतिस्पर्धा हुनका लागि कतारले अन्य देशसँग सहकार्य गर्नु पर्ने अवस्था थियो।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनो

फिफाले २०२२ मा ३२ टिम मात्र हुने उल्लेख गर्दै बताएको छ,’वृहत छलफल र सुझाव लिन काम भएको छ। यसपटक पटक ४८ टिम हुन नसक्ने अवस्था छ।’ फिफाले कतारलाई ४८ टिमबीचको विश्वकप गराउन दबाब दिन नसक्ने बताएको छ।

अध्ययनको क्रममा कतार एक्लैले ४८ टिमसहितको विश्वकप आयोजना गर्न सक्ने-नसक्नेबारेमा अध्ययन गरिएको भएपनि समय कम भएकाले तत्कालका लागि सो योजनालाई स्थगित गरेको फिफाले जनाएको छ।

अब सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिको मिलेर विश्वकप फुटबल आयोजन गर्दैछन्। सन् २०२६ को विश्वकपमा भने ४८ टिमबीच प्रतिस्पर्धा हुनेछ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata