फिफा महिला विश्वकप -२०१९ को कुम्भमेला पेरिसमा

आठौं संस्करणको उदघाटन खेल आज

शुक्रबार, जेष्ठ २४, २०७६



एजेन्सी । फिफा महिला विश्वकप २०१९: फुटबलको सबैभन्दा ठुलो टुर्नामेन्ट फिफा महिला विश्वकप( (Women’s World Cup 2019- Day 1)को आठौं संस्करण आजबाट शुरू हुँदैछ । गुगलले आफ्नो सर्च इन्जीनमा टुर्नामेन्टलाई लक्षित गर्दै  गुगल डूडल बनाएको छ ।

Womens_2019_World_Cup_Schedule_0

डुडलमा गुगलले स्टेडियमको ढाँचा निकालेको छ । जहाँ महिला फुटबलरहरु फुटबल खेलिरहेको देख्न सकिन्छ । सम्पूर्ण २४ वटै प्रतिस्पर्धी देशको जर्सीलाई गुगलले समान स्थान दिँदै गुगल डूडलसहित प्रोमो सार्वजनिक गरेको छ ।

आज देखि शुरू भएको फिफा महिला फुटबल विश्वकप एक महिनासम्म चल्नेछ ।  फ्रान्सको ९ वटा  स्थानमा खेलाइने आठौं  महिला विश्वकपको आयोजना फ्रान्सले पाएको छ ।  २४ वटा  महिला टीमले खेल्न  पाउने  यस प्रतियोगितामा प्रथम हुने टीमले ३८.४ करोड  पुरस्कार राशी  सहित ट्रफी चुम्ने छ । ६ ग्रुपमा बाडिएको  खेलहरुको उदघाटन खेल पार्क द  प्रिन्स , पेरिसमा दक्षिण कोरिया र फ्रान्सको बीच हुनेछ ।  खेल नेपाली समय अनुसार रातको ९ बजेबाट  शुरू हुनेछ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank