फिफा वरीयतामा नेपालले ६ स्थान सुधार गर्याे

बिहिबार, माघ ४, २०७४



काठमाडौं । विश्व फुटबलकव सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वर्षको पहिलो वरीयतामा नेपालले ६ स्थान सुधार गरेको छ। २०१८ जनवरी महिनाको लागि जारी गरेको वरीयतामा नेपाल ६ स्थान सुधार गर्दै १६५औँ स्थानमा उक्लेको हो।

दक्षिण एसियामा सबैभन्दा अगाडी रहेको भारत ३ स्थान सुधार गर्दै १०२औँ स्थानमा उक्लेको छ। यसैगरी ५ स्थान सुधार गरेको माल्दिभ्स १५०औँ स्थानमा उक्लेको छ।

एक स्थान गुमाएको भुटान १८८औँ स्थानमा झरेको छ भने बंगलादेश १९७औँ तथा श्रीलंका २ सयौँ स्थानमा यथावत छ।

विश्व वरियतमा शीर्ष दशमा कुनै परिवर्तन नहुँदा जर्मनी शीर्ष स्थानमा यथावत छ। यस्तै ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो, अर्जेन्टिना चौथो तथा बेल्जियम पाँचौ स्थानमा छन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments