प्रचण्ड दौडधुपले ओली गुटमा छटपटी !

सोमवार, मंसिर २३, २०७६

- भूपेन्द्र शाह



काठमाडौं । नेपाली राजनीतिमा एक माहिर खेलाडीका रुपमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लाे केहि समय देखि विचित्रकाे दाैडधुपमा देखिएका छन । पार्टी एकताकाे आधार बाँडिचुडी खाने रहे पनि परिस्थितिले उनकाे भित्रि चाहनाले साकार रुप लिन सकिरहेकाे छैन ।  तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष भएका बखत पार्टी जनमतका आधारमा तेस्रो हुँदा समेत सत्ताको बागडाेर समाल्न सफल प्रचण्ड अहिले सत्तारुढ दलकै अध्यक्ष हुँदा पनि उनकाे कुर्सी  चाहना झन झन टाढा हुँदै गइरहेकाे महशुस गर्दै छन ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकताका क्रममा पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ताको आधा आधा समय समाल्ने लिखित सम्झौता गरेका प्रचण्ड सम्झौता कार्यन्वयन गर्न भन्दा प्रधानमन्त्री ओलीलाई ५ वर्ष नै  सत्ता  सुम्पन राजी भए । विगतमा प्रधानमन्त्री ओली  स्वास्थ्य उपचारका लागि विदेशमा रहेका बेला सम्झौताको स्मरण गराउने, फेरी एकपटक जंगलमा जाने भन्ने घुर्किपूर्ण भाषण गर्न तयार हुनुले उनकाे छटपटी सर्वसाधरण समेतले देख्न पाएकै हुन । अध्यक्ष प्रचण्डकाे घुर्कि र दवावलाई राजनीतिका  चतुर खेलाडी प्रधानमन्त्री ओलीले विचित्रसँग   निश्प्रभावि बनाइदिए ।

नेकपा भित्र जराे गाडेर बसेकाे गुटबन्दीकाे जरा ,हाँगा र फल समेत देखेका र भाेगेका ओलीले पालैपालाे माधव, झलनाथ,वामदेवलाई खेलाएकाे खेललाई प्रचण्डले सापटी लिएसँगै बाध्यात्मक चाल चाले । प्रधानमन्त्री ओलीकाे स्वास्थ्य स्थिति  उनले  चाहे जस्ताे नरहेकाे अवस्थामा आफ्नाे  उत्ताराधिकारी तत्काल निर्माण गर्न नसकेपनि प्रचण्डलाई शक्ति हस्तान्तरण गर्न नरुचाएकाे प्रष्टैसँग देखा पर्याे । तथापी गत  मंसिर ४ गते नेकपा सचिवालयको बैठक मार्फत पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी प्रचण्डलाई दिन बाध्य भए । एक कदम पछाडी दुइ कदम अगाडि चाल्ने ओली शैली  एक हप्ता  पनि नबित्दै टेलिभिजन कार्यक्रम फायर साइड  मार्फत प्रचण्ड विरुद्ध खाेलेकाे फायर पछि अध्यक्ष प्रचण्ड थप तनावमा देखा परे ।

प्रधानमन्त्री ओलीकाे राजनीतिक स्वास्थ्य मजबुद रहे पनि शारिरक स्वास्थ्य कमजाेर हुन जाँदा  कार्यकारी अध्यक्ष प्रचण्डकाे अतिरिक्त दाैड ओली गुटकाे निम्ति अरुचीकाे विषय बनिरह्याे । अचानक आइलागेकाे नयाँ राेगले टिचिङ अस्पतालमा  उपचारार्थ रहँदा अध्यक्ष प्रचण्डकाे अनुपयुक्त शैलीले ओली गुटमा हल्लिखल्ली नै मच्चियाे । ६० सदस्यीय टाेली लिएर चीन भ्रमण जान हतारिएका अध्यक्ष प्रचण्ड रणनीतिक हाैवा फैलाउँदै भ्रमण स्थगित गरेसँगै ओली गूटले सन्देश मुलक जवाफ फर्कायाे । लामाे समय उपचारमा नै समय खर्चनु पर्ने  बाध्यताले थलिएका प्रधानमन्त्री ओली वालुवाटारमा  धपेडी रहित वातावरणमा रहेकै समयमा करिव  मृत अवस्थामा पुगेको नेकपालाई विउँताउने प्रचण्ड दौड ओली गुटको निम्ति छटपटीको विषय बन्न पुगेको छ ।

विगत केहि दिन भित्रमा अध्यक्ष प्रचण्डले पटकपटक गरेका वान टू वान वार्ताले थप शंसकित बनेको ओली गुट नयाँ समस्या खडा गर्दै प्रचण्ड दौड रोक्न प्रयासरत छ ।  ओलीको नजरमा आवश्यक नरहेको पोल्टिब्यूरो गठन र केन्द्रिय समितिको बैठकको प्रचण्ड एजेण्डालाई महत्वहिन बनाउन प्रयासरत ओली गुटको पछिल्लो छटपटी  प्रचण्ड र नेपाली मिडियाले रुची पूर्वक हेर्दैछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments