मेस्सीको गोलले दिलायो बार्सिलोनालाई ला लिगाको उपाधि

आइतवार, बैशाख १५, २०७६



काठमाडौं । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमालेभान्टेलाई १-० गोलको संघर्षपूर्ण जित निकालेसँगै बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ ।

बार्सिलोनाले लेभान्टेलाई पराजित गरेसँगै बार्सिलोनाले २६ औं पटक स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको हो । बार्सिलोनाले तीन खेल अगावै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी नायक बने । उनकै गोलमा बार्सिलोनाले जित हात मात्रै पारेन लिगको उपाधि नै जित्न सफल भयो ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा भने गोल गर्न सफल भयो । बार्सिलोनाका लागि खेलको ६२औं मिनेटमा कप्तान मेस्सीले गोल गरे । बाँकी खेलमा दुबै टिमबाट गोल हुन नसकेपछि बार्सिलोनाले १-० गोलले खेल जितेको हो ।

मेस्सीको गोलले जितायो बार्सिलोनालाई निस ला लिगाको उपाधि

जितसँगै बार्सिलोनाको ३५ खेलबाट ८३ अंक बन्यो । जुन अंक दोस्रो स्थानमा रहेको एट्लेटिको मडि्रडको भन्दा ९ अंकले बढि हो । एट्लेटिको मडि्रडको समान खेलबाट ७४ अंक रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank