कृषिलाई आत्मनिर्भर बनाउन ५८ बुँदे मार्गचित्र, दुई वर्षभित्र किसानलाई पेन्सन

आइतवार, बैशाख २३, २०७५



काठमाडौं । कृषिलाई आत्मनिर्भर बनाउन सरकारले मार्गचित्र सार्वजनिक गरेको छ । कृषि, पशुपन्छी, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको सुधारका लागि आवश्यक ५८ बुँदे मार्गचित्र सार्वजनिक गरेको छ ।

सरकारले आगामी दुई वर्षभित्र किसानलाई परिचयपत्र वितरण गरी पेन्सन दिने व्यवस्था लागू गर्ने भएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले किसानको वर्गिकरण गरेर न्यून आय भएका तथा सिमान्तकृत किसानहरुलाई योगदानको आधारमा पेन्सन वितरण गर्ने तयारी गरेको हो।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको मार्गचित्र प्रस्तुत गर्दै आईतबार साना किसानलाई राज्यले सहयोग गर्ने बताएका हुन्।

सिंहदरवारमा आइतबार पत्रकृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन मार्गचित्र सार्वजनिक गरेका हुन् । कृषिलाई आत्म निर्भर बनाउन उत्पादन र भण्डारणलाई सँगै लैजाने गरि योजना बनाइएको छ ।

मन्त्री खनालले कृषि उपजको व्यवस्थित भण्डारणका लागि ७ वटै प्रदेशमा सार्वजनिक निजी सहकारी क्षेत्रको सहभागितामा कम्तिमा १ लाख मेट्रिक टन क्षमताका ठूला गोदाम घर स्थापना गरिने बताए । मार्गचित्रमा खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको सुनिश्चितताका लागि मुलुकको संघीय शासन संरचना अनुकूल हुनेगरी आवश्यक नयाँ नीति तथा ऐनको तर्जुमा गरिने उल्लेख गरिएको छ ।

आगामी २ वर्षभित्र किसान भूमि बैंक स्थापना गरिने कार्ययोजनामा उल्लेख छ । कृषकका लागि चक्लाबन्दी भूमि करारमा लिई व्यवसायिक कृषि खेती गर्ने प्रणालीको विकास गर्न सबै उपाय अपनाइनेछ ।

367 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank