फानी तुफानले बंगलादेशमा मच्चायाे तबाही, १४ को मृत्यु 

आइतवार, बैशाख २२, २०७६



ढाका । भारतको पूर्वी तटमा तबाही मच्याउँदै शनिबार बंगलादेश पुगेको फानी तुफानले ठुलो जनधनको क्षती गरेको छ ।

१७५ प्रतिघण्टा रफ्तारमा उडिसाबाट बंगलादेश पुगेको उक्त आँधीले १४ मानिसको ज्यान लिएको छ भने ६३ जना घाइते भएको प्रारम्भीक आँकडा मिडियाले प्राप्त गरेका छन् । बंगलादेशका आपदा प्रबन्धक राज्यमन्त्री एनामुर रहमानले मिडियालाई जनाए अनुसार बंगालादेशका विभिन्न ८ जिल्लामा १४ मानिसको मृत्यु भइसकेको जनाएका छन् । करोडौं धनमालको क्षती गर्दै अघि बढेको फानी तुफानबाट १६ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको मन्त्री रहमानले जनाए ।

देशका विभिन्न क्षेत्रमा बनाइएका बाँधहरु फुट्न जाँदा थुप्रै मानिसहरु डुबानमा परेका छन् । खराब मौसमका कारण उडान स्थगीत गरिएका छन् । गाउँहरु डुबानमा परेका छन् । आँधीका कारण उद्धार कार्यमा अत्यन्त कठिनाई भएको उद्धारकर्मीले जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments