फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेकपा उम्मेदवार विजयी

सोमवार, मंसिर १६, २०७६



पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेकपा उम्मेदवार बीरबहादुर कुरुम्वाङ विजयी भएका छन् । उनी कांग्रेसका वृजहाङ आङदेम्बेलाई हराउँदै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

कुरुम्बाङले ५ हजार ३६९ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वृजहाङ आङदेम्बेले ४ हजार ५६३ मत पाए ।

कुरुम्बाङ ८ सय ६ मतको अन्तरले निर्वाचित भएका हुन् । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि सो गाउँपालिकामा उपनिर्वाचन भएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata