मेडिकलमा आगलागी  लाखौँको क्षती

आइतवार, बैशाख १६, २०७५



बाँके  । नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ स्थित धम्बोझीचोक नजिक स्वास्थ्यकर्मी जीवन शर्माको  मेडिकलमा आगलागी भएको छ ।

विधुत तार सर्ट भएर शनिबार राति आगलागी हुँदा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय, प्रहरी र दमकलको सहयोगमा दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मेडिकलमा रहेका औषधि, फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको छ ।

प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण अझै आएको छैन । शर्माले आफ्नै घरमा मेडिकल सञ्चालन गर्दै आएका थिए ।

142 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank