सानो गल्लीका कारण निभाउन समस्या, मान्छेहरुको भागाभाग

मङ्लबार, भदौ २६, २०७५



काठमाडौं । राजधानी काठमाडौँको ज्याथा क्षेत्रमा भिषण आगलागी भएको छ । आज बिहान साढे ४ बजेदेखि सुरु भएको आगलागी नियन्त्रण्मा आउन सकेको छैन । आगो निभाउन ५ वटा भन्दा धेरै दमकल प्रयोग भइरहेका छन् । सानो गल्ली भएका कारण निभाउन सकस देखिएको छ । जमलको एल्लो प्यागोडा होटेलबाट भित्रतर्फको सानो गल्लीमा अआगलागी भइरहेको छ ।

महानगरीय आयुक्तको कार्यालय रानीपोखरीका अनुसार आगो लागेपछि ट्राभल्स एजेन्सीमा रहेका हिमाल आरोहणका क्रममा प्रयोग गरिने अक्सिजन ग्यास सिलिन्डर विस्फोट भएका छन् । ग्यास पड्कीदा ज्याथा र क्षेत्रपाटी क्षेत्रका बासिन्दा भागाभाग भएको छ ।

आगलागीका क्रममा भाग्न खोज्दा केही स्थानीयबासी लडेर घाइते समेत भएका छन् । आगो लागेपछि झ्यालबाट हापफालेर भाग्ने क्रममा घाइते भएका २ जनालार्इ उपचारका लागि वीर अस्पताल पठायएको छ ।

254 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank