क्रिस्टल टावरमाा आगलागी चार जनाकाे मृत्यु

बुधबार, भदौ ६, २०७५



मुम्बई । मुम्बईको परेल ईलाकामा हिन्द माता सिनेमा हलसँगै रहेको १२ तले क्रिस्टल टावरमा भीषण आगलागी भएको छ । बुधबार विहान ८ बजेबाट सुरु भएको आगो निभाउन फायर व्रिग्रेडको २० गाडीहरु निरन्तर लागिरहेका छन् ।

सुरुवाती समयमा एउटा मात्र तलामा लागेको आगो फैलिएर तेस्रो तला सम्म पुगिसकेको छ । टावर भित्र थुप्रै मानिस रहेको आशंका गरिएको भएता पनि हाल सम्म १६ जना घाइतेहरुलाई मात्रै अस्पलात पुर्याइएको छ भने चार जनालाई बचाउन नसकिएको बताइएको छ ।

घटना स्थलमा फैलिएकाे धुँवाकाे कारण उद्दार कार्य कठिन भइरहेको उद्दार कार्यमा  संङलग्न अधिकारीले बताएका छन् ।

191 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank