फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल सजाय

मङ्लबार, बैशाख १८, २०७५



जाकार्ता । फेसबुकमा जथाभावी लेख्ने एक जनालाई इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ । इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन् ।

इन्डोनेसियामा हालै जारी गरिएको विद्युतीय सूचना सम्वन्धी एउटा कानूनी व्यवस्था विवादमा परिरहेको छ । विवादास्पद कानूनको शिकार ३९ बर्षका अल्नोल्डी बहारी हुन् । उनले आफूले इश्वरीय शक्तिको अनुभव गरेको दावी गर्दै अन्य मुस्लिम समुदायको इश्वरप्रतिको विश्वासमाथि प्रश्न उठाएका छन् ।

‘उहाँलाई पाँच बर्ष जेल सजायको फैसला भएको छ, साथै सात हजार २०० अमेरिकी डलर जरिवाना पनि गरिएको छ’ बहारीका वकील अन्डी कोमाराले भने ‘हामीले यस फैसलाको पुनरावलोकन गराउने छौँ । किनकी त्यहाँ धेरै विषयलाई बङ्ग्याइएको छ ।’

कारबाहीमा परेका बहारी पश्चिम जाभा प्रान्तको पान्डेग्लाङका इन्डोनेसियाली नागरिक हुन् ।

87 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank