कर्णाली प्रदेशका मन्त्रालयमा मंगलबारदेखि फेसबुक प्रतिवन्ध

आइतवार, चैत्र ११, २०७४



सुर्खेत ।मंगलबारदेखि  कर्णाली प्रदेश सरकारले कार्यालय समयमा फेसबुक चलाउन  राेक लगाउने भएको छ।

अफीस समयमा कर्मचारीहरु जनताको काममा भन्दा फेसबुकमा व्यस्त हुन थालेपछि प्रदेश सरकारले फेसबुकमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो। पहिलो चरणमा प्रदेश सरकारका सबै मन्त्रालयमा मंगलबारदेखि फेसबुक चलाउन प्रतिबन्ध लगाइने जनाएको छ। ‘सरकारी कार्यालय हाताभित्र सरकारी समयमा फेसबुकमाथि प्रतिवन्ध लगाइएको मुख्यमन्त्री महेन्द्रबहादुर शाही जनाएका छन् । मुख्यमन्त्री शाहीका अनुसार ‘विस्तारै प्रदेशभरी यसलाई कार्यान्वयन गछौं।’ उनले क्षेत्रीय तथा जिल्ला कार्यालयहरु प्रदेश सरकार मातहत नआएकाले तत्कालका लागि मन्त्रालयहरुमा मात्रै कार्यालय समयमा फेसबुक नचल्ने बनाइने बताए।

‘फेसबुक चलाउने समय कर्मचारीहरुले जनता र प्रदेशको समृद्धि र विकासका लागि काम गरुन भन्ने हो’ उनले भने, ‘यो आवश्यक पनि छ ।’ आइतबार इन्टरनेट सेवा प्रदायक संस्थाहरुसँग मुख्यमन्त्री शाहीले फेसबुकमा प्रतिवन्ध लगाउने विषयमा छलफल गरेका थिए।

सुर्खेतमा सरकारी स्वामित्वको नेपाल टेलिकमसहित वल्र्डलिङ्क, सुविसु, टेक माइण्ड र सुर्खेत केवल नेटले इन्टरनेट सेवा प्रदान गर्दै आइरहेका छन्। उनीहरुसँगको छलफलकै आधारमा फेसबुक सेवा बन्द गरिएको हो ।‘मंगलबारदेखि प्रदेश मन्त्रालयहरुमा विहान १० बजेदेखि बेलुका पाँच बजेसम्म फेसबुक नचल्ने बनाइने छ।

88 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank