कोरोना भाइरसको उपचार पत्ता लगाउन फेसबुकले दियो २.५ करोड डलर

आइतवार, चैत्र १६, २०७६



एजेन्सी । विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरस अर्थात् काेभिड १९ बाट बच्न फेसबुकले २ं५ करोड अमेरिकी डलर सहयोग गरेको छ ।

फेसबुक संस्थापक मार्ग जुकरबर्ग र उनकी श्रीमती प्रिस्किला चानको तर्फबाट परोपकारी संस्था गठन गरिएको संस्था चान जुकरबर्ग इनिसिएटिभले कोरोना भाइरसको प्रकोपको उपचार पत्ता लगाउन बिल र मिलिंडा गेट्स फाउन्डेसनसँग मिलेर २.५ मिलियन डलर जम्मा गर्ने घोषणा गरेको हो ।

अमेरिकी उद्यमी र माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी श्रीमती मिलिंडा हाल आफ्नो समय र पैसा दानमा खर्च गरिरहेका छन्। अमेरिकी टिभी च्यानल सीबीएसमा एक अन्तरवार्ता दिँदै विश्वव्यापी महामारी कोविड (१९ मा चान जुकरबर्ग उपचार पत्ता लगाउनका लागि उक्त रकम दिने बताए । उनले भने, मलाई वास्तवमै गर्व छ कि हामी गेट्स र अन्यसँग कोरोना भाइरसको उपचार खोज्नको लागि चाँडो गइरहेका छौँ।

उनले भने कि तिनीहरू डाक्टर र वैज्ञानिकहरूको समूहलाई यो सहयोग दिइरहेका छन् जसले कोरोना भाइरस सङ्क्रमणको उपचारमा प्रभावकारी हुन सक्ने सबै ज्ञात औषधिहरूको परीक्षण र विश्लेषण गर्ने छन्।  यसको उद्देश्य यस रोगको लागि उपचारको खोजीलाई द्रुत तुल्याउनु हो।

चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसले विश्वभरि लाखौँ मानिसहरूलाई सङ्क्रमित भइसकेका छन् भने ३१ हजार बढिले ज्यान गुमाइसकेका छन् । अमेरिकामा मात्र सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments