फेसबुकले हटायो एक करोड १६ लाख बालयौन हिंसाका सामग्री

बिहिबार, कार्तिक २८, २०७६



एजेन्सी । पछिल्लो समय लोकप्रिय बन्दै गएको सामाजिक संञ्जालको रुपमा रहेको फेसबुकले बाल यौन हिंसा सम्बन्धी गलत सामग्री हटाएको दाबी गरेको छ । फेसबुकमा बालयौनदुव्र्यहार सम्बन्धी विभिन्न गलत साम्रगी प्रयोग भइरहेको भन्ने दबाब र गुनासाेपछि त्यस्ता सामग्री हटाएको जनाएको छ ।

फेसबुकका अनुसार सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्म तीन महिनामा बालबालिकाको नग्नता देखिने तथा बाल यौनहिंसासम्बन्धी एक करोड १६ लाख सामग्री हटाइएको हो। उक्त अवधिमा कुल तीन करोड तीन लाखभन्दा बढी सामग्रीहरू हटाइएको फेसबुकले बताएको छ।

पहिलो पटक फेसबुकले अर्को चर्चित सामाजिक सञ्जाल इन्स्टाग्रामको तथ्याङ्क पनि समावेश गरेको छ। चौध वर्षीया मोली रसेलको आत्महत्यापछि दबावका कारण फेसबुकले यस पटक हटाइएका आत्महत्यासम्बन्धी सामग्रीको पनि तथ्याङ्क सार्वजनिक गरेको छ। यसका साथै फेसबुकले अल(कायदा, आईएस र तिनका सहयोगी संस्थाका ९९ प्रतिशत सामग्री हटाइएको दाबी गरेको छ।

अन्य आतङ्ककारी सङ्गठनसँग सम्बन्धित ९८.५ प्रतिशत सामग्री फेसबुकबाट र ९२.२ प्रतिशत सामग्री इन्स्टाग्रामबाट हटाइएको छ। समग्रमा फेसबुकको तथ्याङ्कले उसले ठूलो परिमाणमा हानिकारक सामग्री हटाइरहेको देखिएको छ। सन् २०१९ को जनवरीदेखी मार्चसम्मको तीन महिनामा फेसबुकले ५८ लाख बाल नग्नता र बाल यौनहिंसा सम्बन्धी सामग्री हटाएको बिबिसीले उल्लेख गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata