अब गुम्दैन आँखाको ज्योति, वैज्ञानिकले पत्ता लगाए कमालको आइ ड्रप

बुधबार, पुस ११, २०७५



बेलायत । बर्मिघंम विश्वविद्यालयका प्रोफेसर तथा प्रमुख सोधकर्ता लियाम ग्रोबर लगायतको टीमले कमालको आइ ड्रपको विकास गरेका छन् ।

प्रोफेसर लियामले सोध सफल भएसँगै भने, फ्लुइड जेल एक नयाँ पदार्थ हो । जुन ठोसबाट तरल अबस्थामा बदलिन सक्छ । यो जेल आँखामा प्रयोग गर्दा आँखाको पर्दामा फैलिएर रहन्छ । जसले विस्तारै आँखाको धमिलोपन हटाउने काम गर्दछ ।

विश्वविद्यालयका अर्का प्रोफेसर एन लोगानले भने, आइ ड्रपको रुपमा विकसित गरिएको नयाँ फ्लुइड जेलबाट आँखाको पर्दामा डेकोरिन प्राप्त गर्न सफल हुनेछ ।

संक्रमणको कारण आँखाको ज्योति गुमाएका वा गुमाउन सक्नेहरुको निम्ती वरदान सावित हुनेछ । यसको प्रयोग गरेको केही समय पछि आँखामा सकारात्मक प्रभाव देखिने प्रोफेसरले जनाएका छन् ।

आँखाको क्रोनियाँमा हुने संक्रमणबाट मुक्ति दिलाउन सफल हुने प्रोटिन डेकोरिन युक्त फ्लुइड जेल छिट्टै बजारमा आउने जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank