जिल्ला प्रशासन कार्यालय सिराहामा प्रभु बैङ्कको एक्सटेन्सन काउन्टर सञ्चालन

बुधबार, पुस २३, २०७६



सिरहा ।  प्रभु बैङ्कले आफ्नो सेवा विस्तार गर्ने क्रममा सिराहा जिल्लाको सिराहा नगरपालिका स्थित वडा नं ७ जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सिराहा स्थित जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्सटेन्सन काउन्टरको  बुधबार सिराहाका प्रमुख जिल्ला अधिकृत श्री गोपाल कुमार अधिकारीले एक समारोहकाबीच समुद्घाटन गरेका हुन ।

नेपाल राष्ट्र बैङ्क तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरूको बैङ्किङ कारोबार प्रभावकारी रूपमा सञ्चालन गरिरहेको प्रभु बैङ्कले जिल्ला प्रशासन कार्यालयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैङ्कको एक्सटेन्सन काउन्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरूलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैङ्कको एक्सटेन्सन काउन्टरबाट प्रवाह गरिने बैङ्किङ सेवाबाट स्थानीयवासी तथा सेवाग्राहीहरूले प्रभु बैङ्कको गुणस्तरीय बैङ्किङ सेवा उपभोग गरी लाभान्वित हुने बैङ्कले विश्वास लिएको छ ।

प्रभु बैङ्कले २०२ वटा शाखा कार्यालय, १५२ वटा Atm, ४० वटा एक्सटेन्सन काउन्टर तथा १७ वटा शाखा रहित बैङ्किङ सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैङ्किङ सेवा प्रवाह गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments