राजधानी मोगादिसुमा बम विस्फोट, ११ को मृत्यु

आइतवार, असार १, २०७६



मोगादिसु । सोमालियाको राजधानी मोगादिसुमा भएको एक बम विस्फोटमा एघार जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।  देशको प्रहरी प्रमुखले दिएको जानकारी अनुसार अलकायदा संबन्धित आतंकवादी संगठन अल-शबाबले हमालाको जिम्मेवारी लिएको छ । 

मोगादिसुमा भएको एक पत्रकार सम्मेलनमा जनरल बशीर अब्दी मोहम्मदले बताएअनुसार पहिलो कार बम विस्फोट राष्ट्रपति भवन नजिकैको सुरक्षा चौकीमा भएको थियो   जसले ९ जनाको ज्यान लिएको थियो । साथै दोस्रो कार बम विस्फोट हवाई अड्डा नजिकैको सुरक्षा चौकीमा भएको हो जहाँ चालक र एक यात्रीको मृत्यु भएको हो ।

यसभन्दा पहिले पनि अक्टोबर २०१७ मा मोगादिसु वाम विस्फोट भएको थियो  त्यस समय ५०० जनाको मृत्यु भएको थियो उक्त हमालाको जिम्मेवारी पनि अलकायदा संबन्धित आतंकवादी संगठन अल-शबाबले नै लिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank