क्वेटाको मस्जिदमा बम विस्फोट: मुसलमान पुरोहित सहित १५ जनाको मृत्यु

शनिबार, पुस २६, २०७६



एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा शुक्रबार साँझ नमाजको समय एक मस्जिदमा भएको शक्तिशाली बम बिस्फोटमा एक मुसलमान पुरोहित, एक प्रहरी अधिकृत सहित कम्तिमा १५ जनाको मृत्यु भएको छ । साथै उक्त बिस्फोटा परि २० जना अन्य सख्त घाइते भएका छन् ।

डन न्युजले बताएअनुसार गौसाबाद क्षेत्रस्थित मस्जिदमा यो विस्फोट मगरीब(सूर्य डुब्नु भन्दा पहिले पढ्ने नमाज)को समय भएको थियो । क्वेटाका पुलिस उप महानिरीक्षक (डीआईजी) अब्दुल रज्जाक चीमाले बताएअनुसार १५ मृतकमध्येमा पुलिस उपाधीक्षक (डीएसपी) अमानुल्ला पनि थिए ।

पाकिस्तानी मिडीयाका अनुसार, मृत पुलिस अधिकारीको निशाना बनाएर विस्फोट गरिएको थियो । ‘द एक्सप्रेस ट्रिब्यून’ले बताएअनुसार अज्ञात बन्दुकधारी समूहले पछिल्लो एक महिना देखि डीएसपीको छोराको क्वेटामा हत्या गरेको थियो । खबरअनुसार कानुन प्रबन्धक अधिकारीहरूले उक्त क्षेत्रलाई घेराबन्दी गरि घटनाको जाँचपड्ताल गरिरहेका छन् ।

यसबीच उक्त क्षेत्रको सम्प्पोर्ण अस्पतालमा आपतकालिन स्थिति घोषणा गरिएको छ । हालसम्म कुनै पनि संगठनले विस्फोटको जिम्मेवारी लिएको छैन ।

आईएसपीआर ने सेना प्रमुख जनरल कमर बाजवा के हवाले से कहा, ‘‘जिन लोगों ने मस्जिद में बेगुनाहों को निशाना बनाया, वे कभी सच्चे मुसलमान नहीं हो सकते.” बलूचिस्तान के मुख्यमंत्री जे कमाल खान ने हिंसा की निंदा की और जनहानि पर दुख जताया. गौरतलब है कि करीब तीन दिन पहले क्वेटा में सुरक्षा बलों की एक गाड़ी के पास हुए विस्फोट में दो व्यक्तियों की मौत हो गई थी और कई जख्मी हो गए थे.

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments