कति छ आज डलरको भाउ ?

बुधबार, फाल्गुन १४, २०७६



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(बुधवार) अमेरिकी डलर एककोे खरिददर ११४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३२ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा तोकेको छ ।  यस्तै, ओमानी रियाल १ को खरिददर ३०० रुपैयाँ तोकेको छ ।

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा तोकेको छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९ पैसा र बिक्रीदर २७ रुपैयाँ २३ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा तोकेको छ ।

कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४२ पैसा तोकेको छ । यस्तै, आज बहराइन दिनार १ को खरिददर ३०४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ८८ पैसा तोकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments