प्रश्नपत्र आउट गर्ने तीन जना पक्राउ

सोमवार, साउन २७, २०७६



धनुषा । परिक्षामा प्रश्नपत्रहरु आउट हुने समस्या पटक पटक देखा परेको पाइन्छ ।

त्यस्तै एक घटना एमबिएसको परिक्षामा पनि दोहोरिएको छ । परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरिफोटोकपी गर्दै गरेको

अवस्थामा जनकपुर उपमहानगरपालिका ४ बाट एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षीय लिलाराज शिवभक्ति लगायत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबिएस प्रथम बर्षको तथ्याङ्क शास्त्र बिषयको परीक्षा सुरु भएपछि परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी सोही ठाउँ स्थित सुजित कुमार मण्डलको फोटोकपी सेन्टरमा गई फोटोकपी गराउँदै गरेको छ भन्ने सुचनाकाे आधार प्रहरीले  उनीहरुलाई पक्राउ गरेको जनाएकाे छ ।

घटनाकाे बारेमा थप  अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata