पूर्व गोलरक्षक तथा एन्फाका पूर्व महासचिव ठगीकाण्डमा पक्राउ

बिहिबार, असार ८, २०७४

loading...


काठमाडौं । नेपाली राष्ट्रिय फुटबलमा पनि भ्रष्टाचार ठगीकाण्ड बाहिर आएको छ । फुटबल टोलीका पूर्व गोलरक्षक एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव लोकबहादुर शाही ठगी आरोपमा पक्राउ परेकाा छन् ।

तीन करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ । शाहीले क्यानडा जान चाहनेलाई रसिदनै काटेर पैसा लिने गरेका थिए । प्रतिब्यक्ति ५ देखि ७ लाखाम्म लिए पनि रसिद भने २ लाखको दिने गरेको उजुरीकर्ताहरुले प्रहरीसँग दावी गरेका छन् ।

स्पोर्ट्स फर अल नेपाल नामको संस्थाबाट क्यानडा पठाउने भन्दै पैसा लिएर ठगि गरेको उनीविरुद्ध उजुरी परेको थियो । शाही पक्राउ परेपछि उनीबाट ठगिएको भन्दै सम्पर्क गर्नेको संख्या बढेकाले प्रहरीले बताएको छ ।

946 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv