वडामा स्वास्थ्य केन्द्र निर्माण गर्न सवा ७ अर्ब

बुधबार, मंसिर २५, २०७६



सरकारले देशभरका २ हजार ५९० वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न दुई वर्षमा ७ अर्ब ३८ करोड रुपैयाँ निकास गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट शुरु गरेको स्थानीय तहका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने कार्यक्रमअन्तर्गत सो रकम निकास गरेको हो ।

गत आर्थिक वर्षको लागि २ अर्ब ५९ करोड र चालू आवको लागि ४ अर्ब ७९ करोड रुपैयाँ निकास गरिसकेको जनाएको छ । आर्थिक वर्ष २०७५/७६ को बजेटमा स्थानीय तहसँगको लागत सहभागीतामा चालू आर्थिक वर्षभित्र सबै वडाहरुमा न्यूनतम एक स्वास्थ्य संस्था स्थापना गरिने योजना थियो ।

यसैगरी चालू आवको नीति तथा कार्यक्रममा बाँकी रहेका सबै स्थानीय तहका सबै वडाहरुबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइने भन्ने उल्लेख छ । सो कार्यक्रम अन्तर्गत आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालनसम्बन्धी कार्यविधि स्वीकृत गरिएको हो ।

आजको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments