३३ हिमालमा रोयल्टी छुट गर्न सिफारिस

सोमवार, मंसिर ९, २०७६



काठमाडौं । सरकारले आरोहि नपुगेका ३३ हिमालमा शतप्रतिशत रोयल्टी छुट दिने भएको छ ।  पर्यटन विभागले मन्त्रालयसमक्ष पर्यटन पर्बद्धन गर्ने उद्धेश्यले ३३ वटा हिमालको नाम सिफारिस गरेको हो ।

पर्यटकहरुको अभावमा ओझेलमा परेका हिमालको संरक्षण र पर्यटन विकास गर्ने उद्धेश्यले पर्यटन विभागले शतप्रतिशत रोयल्टी छुट गर्न सिफारिस मन्त्रालयमा पठाएका विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।  विभागको तथ्यांकअनुसार अहिले नेपालमा कुल ४ सय १४ वटा हिमाल आरोहणका लागि खुला गरिएको छ । त्यसमध्ये ८५ वटा हिमालमा मानव पाइला पुगेको छैन ।

आरोहणको रुट तयार गरिएको र आधार शिविरसम्म आधारभूत सुविधा लैजानसक्ने अवस्था रहेका हिमाललाई सम्भाव्यताका आधारमा खुला गरिएको छ । खुला गरिएका हिमालमध्ये ३ सय २९ चुचुरोमा आरोही पुगेका छन् । उक्त कार्यसँगै पर्यटनमा बढुवा हुनाका साथै आन्तरिक राजश्व बढ्ने विभागले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata