रसियामा शक्तिशाली भूकम्प, सुनामीको सम्भावना

बुधबार, चैत्र १२, २०७६



एजेन्सी । उत्तरी गोलार्धमा अवस्थित देश रूसमा बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गएको रसिया टुडेले बताएको छ ।

देशको सुदूर पूर्वी कुरिल टापुनजिकैको  उत्तरी  क्षेत्रमा भूकम्प गएको बताइएको छ ।

प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेसँगै २,५०० जनसंख्या भएको सानो शहर सेभेरो-कुरिलस्कका बासिन्दाहरूलाई सम्भावित जोखिमबाट बचाउन लागि सुरक्षित ठाउँमा लगिएको छ ।

“जनताको सुरक्षा हाम्रो लागि सबभन्दा महत्त्वपूर्ण छ। त्यस क्षेत्रका कोही मानिस नभएकाले सम्भावित छालले असर गरिहाल्न सक्नेछैन,” भूकम्पले स्खलित क्षेत्रका गभर्नर भ्यालेरी लिमारेन्कोले भूकम्पले शहरलाई हल्लाएसँगै बताए ।

सुनामीले अमेरिकाको हवाई, जापान लगायतका क्षेत्रमा असर पुग्न सक्ने बताइएको छ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments