युरोपमा अत्याधिक गर्मी, तापमान ४५ डिग्रीसम्म पुग्यो

बिहिबार, असार १२, २०७६



एजेन्सी । उत्तर अफ्रिकाबाट एकाएका तातो हावा बह्यो । सो तातो हावा युरोपियन हिटवेभमा परिणत भयो । जसको परिणाम युरोपेली मुलुक पोल्याण्ड, जर्मनी र चेक रिपब्लिकमा गर्मी बढेको छ । बुधबार यी देशमा अत्याधिक तातो महसुस गरिएको हो  ।

मौसम भविष्यवाणीकर्ताहरुले तापक्रम अझै बढ्न सक्ने अनुमान गरेका छन् ।  यस्तै फ्रान्स र स्वीटजरल्याण्ड लगायतका मुलुकमा पनि आज (बिहीवार) तापक्रम बढेर ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

गर्मीले सर्वसाधारणको दैनिकीमा प्रभाव पारेको छ । फ्रेन्च अधिकारीहरुले गर्मीका कारण निम्तिन सक्ने खतरालाई संकेत गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन् । यस्तै स्पेनिस अधिकारीहरुले पनि बढ्दो गर्मीले जंगलमा आगो लाग्न सक्ने बताउदै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका  छन् ।

यस भन्दा पहिले सन् २००३ मा पनि फ्रान्समा हिटवेभका कारण १५, ००० मानिसले मृत्युवरण गरेका थिए । गर्मीका कारण फ्रान्सका कतिपय विद्यालयले परीक्षा सारेका छन् ।

बेलायतमा भने गर्मी केही कम छ । शनिबार त्यहाँको तापक्रम ३० डिग्री पुग्ने अपेक्षा गरिएको छ ।

Heatwave map of Europe, showing forecast temperatures

युरोपेली मुलुकहरुमा साताको अन्त्यतिर अझ तातो बढ्न सक्ने अनुमान मौसमविद्हरुले गरेका छन् । जर्मनीमा बुधबार तापक्रम ३८ दशमलब ६ डिग्रीसम्म मापन गरिएको बीबीसीले उल्लेख गरेको छ ।

स्पेनको उत्तर पूर्वी भागमा भोलि(शुक्रबार) ४५ डिग्री सम्म तापक्रम पुग्ने अनुमान गरिएको छ । जलवायु परिवर्तनका कारण युरोपमा यो अवस्था उत्पन्न भएको सम्बद्ध विज्ञहरुको भनाइ रहेको छ ।

उन्नाइसौं शताब्दीमा भएको औद्योगिक विकाससँगै पृथ्वीको औसत तापमान एक डिग्रीका दरले बढ्दै आइरहेको वैज्ञानिकहरु(वातावरणविद)ले जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank