युरोपा लिग: म्यान्चेस्टर युनाइटेड र आर्सनल विजयी

शुक्रबार, कार्तिक ८, २०७६



एजेन्सी । युरोपको क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगमा दुई इंग्लिस क्लबहरु म्यान्चेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन् ।

म्यान्चेस्टर युनाइटेडले पार्टीजानलाई उसकै मैदानमा १–० ले हरायो । युनाइटेडको जितमा एन्थोनी मार्सलले ४३ औँ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल निर्णायक बन्यो ।

अर्को इंग्लिस क्लब आर्सनलले घरेलु मैदानमा गुईमाराइसलाई ३–२ गोलले हरायो। खेलमा दुईपटक पछाडि परेको आर्सनलका लागि निकोलास पेपेले दुई र मार्टिनेलीले एक गोल गरे। खेलको नवौं मिनेटमा नै पाहुना टोलीले अग्रता बनाएको थियो ।

तर मार्टिनेलीले ३२ औं मिनेटमा बराबरी गोल फर्काए । त्यसको पाँच मिनेटमा नै गुईमाराइसले पुन अग्रता बनायो । खेलको ७५ औं मिनेटमा लाकाजेटेको स्थानमा मैदान प्रवेश गरेका पेपेले ८० औं र अत्तिरित्त समयमो तेस्रो मिनेटमा दुई फ्रिकिक गोल गर्दै रोमान्चक जित दिलाए ।

आईभरिकोस्टका २४ वर्षीय स्ट्राइकर पेपेलाई आर्सनलले यसै सिजन क्लबको कीर्तिमानी ७२ मिलियन पाउन्डमा आबद्ध गरेको थियो।

बिहीबार राती भएका अन्य खेलमा इंग्ल्यान्डकै उल्भ्स, स्कटल्यान्डको सेल्टिक तथा स्पेनको सेभिल्ला र स्पान्योल पनि विजयी भए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata