ईयूको प्रतिवेदन तत्काल नसच्याए खस क्षत्रीले आन्दोलन गर्ने

बुधबार, चैत्र १४, २०७४



काठमाडौं । संयुक्त खस क्षत्री नेपाल र क्षत्री समाज राष्ट्रिय महासंघले ईयूको प्रतिवेदन नसच्याई कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । बुधबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरेर उनीहरूले ईयूको प्रतिवेदन सार्वभौम नेपालको राजकीय सत्तामाथिको नाङ्गो प्रहार भएको बताएका छन् ।

संयूक्त खश क्षत्री नेपालका अध्यक्ष मानबहादुर थापाले राष्ट्र र राष्ट्रियताका बारेमा सम्पूर्ण नेपालीहरू एक भएर लड्नु पर्ने बताएका छन् । उनले भने, ‘नेपालमाथि पृथ्वीनारायण शाहीको पालादेखि नै यस्तो खालको हस्तक्षेप हुँदै आएको छ, पहिले बाह्य हस्तक्षपलाई सहेर बसिदैन थियो, आजको दिनसम्म आउदा ईयूले धेरै किसिमका अराजकता देशमाथि लाद्यो । हामी चुप रह्यौं, अब हामी सहेर बस्दैनौं । तत्काल ईयूले आफ्नो प्रतिवेदन सच्याउनु पर्छ, होईन भने कडा आन्दोलन हुन्छ ।’

क्षत्री समाज राष्ट्रिय महासंघका महासचिव बहादुर सिंह बिष्टले ईयूको प्रतिवेदन जातीय र धार्मिक द्धन्द निम्त्याउने खालको रहेको टिप्पणी गरे । उनले भने, ‘हाम्रो लडाई नेपाली दाजुभाईसँग होईन, केही नेपाली दाजुभाईहरुले ईयूको प्रतिवेदनको स्वागत गर्नु भएको कुरा सुन्नमा आएको छ, उहाँहरुले राष्ट्र र राष्ट्रियताको बारेमा एकछिन् सोच्न आग्रह गर्दछु । विदेशीको पैसा खाएर नेपालमा जातीय र धार्मिक युद्ध निम्त्याउनु उचित होईन, ईयूको भित्रि रहस्य पनि यहि हो, हामीले यसका बारेमा खुलेर बिरोध जनाउनुपर्छ ।’

महासंघले संविधानको अनुसूचिमा नेपालका सबै जातजातिको संख्या र प्रतिशतसहित पहिचान कायम गर्नुपर्ने, आधुनिक नेपालको एकिकरण हुनुभन्दा पहिलेदेखि नेपालमा बसोबास गर्दै आएका खशक्षत्री तथा सबै जातजातीका समुदायलाई मुलआदिवासीको सूचिमा सूचिकृत गर्नुपर्ने, राज्यका हरेक निकायमा जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, वर्गीय आरक्षणको व्यवस्था गर्नुपर्ने, खश क्षत्री राष्ट्रिय आयोग गठन गर्नुपर्ने, २०६३ सालपछि वितरण गरिएका नागरिकताको बारेमा छानविन गर्नुपर्ने र संविधानबाट धर्मनिरपेक्षता हटाउनु पर्ने लगाएतका माग अघि सारेको छ ।

178 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank