युरोपीयन युनियनका विधायकहरु हंगेरी विरुद्ध

बिहिबार, भदौ २८, २०७५



बेल्जीयम । युरोपीयन युनियनका विधायकहरुले हंगेरी सरकारको विरुद्ध कडा कदम चालेको छ । हंगेरी सरकारले ६ दिन अघि लिएको आप्रवासी आगमनलाई रोक्ने निर्णयको विरुद्ध साथै तीन हप्ता अघि सरणार्थीहरुलाई खाना नदिइएको घटना प्रति कठोर निर्णय गरेको छ ।

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्वानको कार्य प्रति असन्तुष्ट इयु विधायकले १९७ को विरुद्ध ४४८ ले आर्टीकलसात अनुसार गत बुधबार कार्बाही गरेको हो । ‘‘संसदको जिम्मेवारी र इच्छुक कार्यकोलागि यो सकारात्मक कार्य हो’’। सार्जेटीनीले पत्रकार सम्मेलनमा भने । उनले आफ्ना सहयोगीसँग भने, इयुले बनाएको मुल्यलाई उलंघन गर्न ओर्वन शासनलाई दिइने छैन् ।

मतदान अघि युरोपीयन युनियनका अध्यक्ष जिन क्लाउड जंकरले युरोपीयन पार्लियामेन्टको भाषणमा भने,रुल अफ ल विरुद्धको आक्रमणको विरोध गरिनेछ । उनले थप्दै भने, युनियनको कानुनी व्यवस्थाको प्रस्ताव र निर्णयको कार्यान्वयन निरिक्षण आयोगले गर्नेछ । ‘‘कुनै पनि इयु सदस्य राष्ट्रहरुमा विकासको विषयमा धेरै चिन्ता बढ्दै गएको छ’’।
इयुको लोकतान्त्रीक सिद्धान्तहरु कुनै पनि सरकारहरुले कार्यान्वयन गर्ने प्रतिज्ञा गरिएको थियो । इयुको निर्णय पछि हंगेरिका विदेश मन्त्री पिटर सज्जीर्जोटाले भने,हंगेरी र हंगेरीका जनताहरुलाई यो निर्णय गरिएको थियो किन भने हंगेरीका जनताले यो चाहेका थिए । हाम्रो निम्ती माइग्रेसन आवस्यक छैन ।जनता माइग्रेसन चाहादैनन् ।

मंगलबार विधान सभा अगाडि बोल्दै ओर्वानले भनेका थिए ‘‘हामी इयुको ब्ल्याकमेल र नीतिमा छक्क पर्देनौं’’।

136 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank