ईपीएस भाषा परीक्षाका लागि करिव एक लाख आवेदन

सोमवार, चैत्र १८, २०७५



काठमाडौं  । रोजगार अनुमति (ईपीएस) अन्तर्गत भाषा परीक्षाका लागि यस वर्ष सबैभन्दा बढी आवेदन परेको छ । आइतबार आवेदन दिने अन्तिम हो । साँझ ८ बजेसम्म ९२ हजार युवाले कोरियाली भाषा परीक्षाका लागि आवेदन दिएका छन् । राति १२ बजेसम्म आवेदन दिने समय बाँकी रहेकाले अझै थपिनसक्ने जनाइएको छ ।

ईपीएसको १२ वर्षे इतिहासमा यो वर्ष सबैभन्दा बढी नेपाली युवाले कोरियाको भाषा परीक्षामा आवेदन दिएका हुन् । चैत्र ८ गतेदेखि १० दिनका लागि खुला गरिएको परीक्षाको आवेदनको अन्तिम दिन आइतबार ८ बजेसम्म ९२ हजार १ सय ५० ले आवेदन दिएका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ  ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank