मोदीले समय नदिदा नेपाल–भारत प्रबुद्ध समूहको गोप्य प्रतिवेदन ‘अलपत्र’

आइतवार, साउन २०, २०७५



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)लाई समय दिएका छैनन । प्रधानमन्त्री मोदीले समय नदिदा बुझाउन ठीक्क पारेको प्रतिवेदन अलपत्र परेको छ दुई वर्षको छलफलपछि तयार पारेको संयुक्त प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने तयारमिा इपिजी समुह रहेको छ । सन् १९५० को शान्ति तथा मैत्री सन्धि लगायत दुवै देशको हितबारे कैयौँ विषयमा साझा सुझाव दिइएको छ ।

ईपीजीका नेपाल र भारत दुवै देशका प्रतिनिधिहरूले संयुक्त रूपमा तयार पारेको प्रतिवेदनलाई पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यसपछि नेपालका प्रधानमन्त्री केपी ओलीलाई बुझाउने योजना छ ।

भारतीय प्रधानमन्त्रीले समय नदिदा प्रतिवे्दन बुझाउन नसकेको ईपीजीका नेपाली टोलीका एक सदस्य राजन भट्टराईले जानारी दिए । प्रतिवेदन तयार भएको एक महिना वितेको छ । प्रतिवेदन तयारसँगै समिति पनि भंग भइसकेको छ । प्रधानमन्त्रीलाई बुझाउन नपाउँदा प्रतिवेदन गोप्य राखिएको छ । नेपाल भारतसीमामा परिचयपत्र लागुगर्ने गरिको सुझाव पनि ईपीजी समुहले दिएको छ ।

282 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank