इङ्गिलस प्रिमियर लिगः लिभरपुल र टोटनह्याम २–२ अंक बाँड्दै बराबरीमा रोकिए

सोमवार, माघ २२, २०७४



काठमाडौं । इङ्गिलस प्रिमियर लिग फुटवलमा लिभरपुल टोटनह्यामसंग २–२ को बराबरीमा रोकिएको छ । लिभरपुलले २ पटक लिएको अग्रतालाइ कायम राख्न नसक्दा टोटनह्यामसंग अंक बाड्न बाध्य भएको हो ।

तेस्रो मिनेटमै मोहम्मद सलाहले गोल गरेपछि लिभरपुलले ८० औं मिनेटसम्म १ शुन्यको अग्रता लिएको थियो । ८० औं मिनेटमा टोटनह्यामका न्युयामाले बराबरी गोल फर्काए ।

खेलको इन्जुरी समयमा सलाहले नै गोल गर्दै फेरि लिभरपुललाई अग्रता दिलाए तर खेलको अन्तिम समयमा पेनाल्टीबाट गोल गर्दै ह्यारी केनले टोटनह्यामलाई बराबरीमा पुर्याएका हुन् । केनको प्रिमियर लिगमा यो एक सयौ गोल हो ।

केनले त्यसअघि पाएको पेनाल्टीमा भने गोल गर्न सकेका थिएनन् । केनको प्रहार लिभरपुलका गोल किपर लोरिस कारियसले बचाएका थिए । ५१ अंकसहित लिभरपुल अंक तालिकाको तेश्रो र २ अंक कम भएको टोटनह्याम चौथो स्थानमा छ ।

211 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank