क्रिकेटको जन्मदाता इंग्ल्यान्ड पहिलोपटक विश्व च्याम्पियन

सोमवार, असार ३०, २०७६



एजेन्सी । क्रिकेट खेलको जन्मदाता इंग्ल्यान्ड पहिलोपटक विश्व च्याम्पियन बनेको छ । आइसिसी विश्वकप क्रिकेट २०१९ को आइतबार लन्डनस्थित लर्डस् क्रिकेट मैदानमा भएको फाइनल खेलमा निर्धारित ५० ओभर र सुपर ओभरमा पनि बराबरी भएपछि इंग्ल्याण्डले बाउण्डीका आधारमा विश्वकप क्रिकेटको उपाधि हात पारेको हो ।

निकै रोमाञ्चक फाइनल खेलको निर्धारित ५० ओभर र सुपर ओभरमा दुबै टोलीले समान रन बनाएको थियो । त्यसपछि च्याम्पियनको छनोट बाउन्ड्रीका आधारमा लिइयो, जसमा इंग्ल्याण्डले बाजी मार्यो । इंग्ल्याण्डले न्यूजिल्याण्डले भन्दा ६ वटा बाउन्ड्री बढी हानेको छ ।

लगातार दोस्रो पटक फाइनलमा पुगेको न्युजिल्यान्ड चौथो पटक फाइनलमा पुगेको इंग्ल्याडसँग पराजित भएको हो। २०१५ को फाइनलमा पुगेर अस्ट्रेलियासँग भोगेको हार न्युजिल्यान्डका सामु यसपटक पनि दोहोरिएको हो। यस्तै चौथो पटक फाइनलमा खेलेको इंग्ल्याण्डले पहिलो पटक विश्वकपको उपाधि उचालेको हो ।

दुबैको २४१ रन 

यसअघि लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पूरा ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय ४१ रनको सामान्य योगफल जोडेको थियो। उसका लागि हेनरी निकोलसले ५५ र टोम लाथमले ४७ रन बनाए ।

न्युजिल्यान्डले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । २९ रनमा पहिलो विकेटको रुपमा मार्टिन गप्टिललाई गुमाएको न्युजिल्यान्डले सम्हालेर खेलेको थियो । दोस्रो विकेटको लागि कप्तान केन र निकोलसले ७४ रनको साझेदारी गर्दै उकासेका थिए ।

सम्बन्धित छवि

जवाफमा मैदान उत्रिएको घरेलु टोली इंग्ल्यान्डले ले पनि सबै विकेट गुमाएर २४१ रन नै बनायो ।

उसको सुरूवात खराब रह्यो । ८६ रन जोड्दा ४ विकेट गुमाइकेको थियो तर, बेन स्टोक्स र जोस बट्लरले पारी उकासे । दुबैले ११० रनको साझेदारी गरे । बट्लर ५९ रनमा आउट भए । त्यसपछि खेलमा न्युजिल्याण्ड हावी भयो, घरेलु टोलीले एकपछि अर्को विकेट गुमायो र अन्तिम ओभरमा ६ बलमा १५ रन चाहियो ।

ट्रेन्ट बोल्टले शुरूको दुइ बलमा रन दिएनन् तर, तेस्रो र चौथो बलमा छक्का हानेपछि खेलले रोमाञ्चक मोड लियो । अब २ बलमा तीन रन चाहियो इंग्ल्याण्डलाई ।

पाँचौं बलमा घरेलु टोलीले एक रन त लियो तर आदिल रसिद रनआउट भए । अन्तिम बलमा दुई रन चाहियो । एक रन जोडेर अर्को रनका लागि दौडिएका मार्क वुड रन आउट भएपछि खेल बराबरी भयो ।

सुपर ओभरमा पनि बराबरी

निर्धारित ५० ओभरमा दुबै टोलीले समान २४१ रन बनाएपछि खेल सुपर ओभर धकेलिएको थियो । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ६ बलमा १५ रन बनायो ।

विश्वकपको उपाधिका लागि न्युजिल्याण्डलाई १६ रन चाहियो । उसलाई अन्तिम अन्तिम बलमा २ रन नै चाहियो, जसरी इंग्ल्याण्डलाई नियमित खेलमा चाहिएको थियो । एक रन बनाएपछि मार्टिन गुप्टिल रन आउट हुन पुगे र सुपर ओभर पनि बराबरीमा सकियो ।

झन्डै हारको नजिक पुगेको टिमलाई सुपर ओभरको बाटो देखाउन इंग्ल्यान्डका ब्याट्सम्यान बेन स्टोक्सको महत्वपूर्ण हात रह्यो। प्लेयर अफ दि म्याच समेत रहेका उनले उक्त पारीमा अविजित रही ५ चौका र २ छक्का सहित ८४ रन जोडेका थिए।

सुपर ओभरको खेलमा ६ बलमा १५ रनको योगफल तय गर्दा पनि स्टोक्सले १ चौकासहित ८ रन बनाए। उनीसँगै मैदानमा उत्रिएका जोस बटलरले १ चौकासहित ७ रन जोडे।

एक ओभरमा १६ रनको लक्षसहित मैदानमा उत्रिएको न्युजिल्यान्डले पनि ६ बलमा १५ रन नै बनायो। तर, यस पारीमा एउटा मात्रै बाउन्ड्री लगाएका कारण न्युजिल्यान्ड उपविजेतामा सीमित बन्यो।

खेलको अन्तिम बलमा न्युजिल्यान्डका मार्टिन गुप्तिललाई रन आउट गर्न इंग्ल्यान्डका फिल्डर जोनी बेरिस्टोले निर्णायक थ्रो गरेका थिए।

ICC ENGLAND WINको लागि तस्बिर परिणाम

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata