सुत्केरी हुन नसक्दा छटपटाउँदै महिला, उद्धारका लागि हेलिकोप्टरको माग

बिहिबार, फाल्गुन ३०, २०७५



हुम्ला । तीन देखि गर्भवति हुन नसकेर हुम्लामा एक महिला छट्पटाइरहेकी छिन् । जिल्लाको सर्केगाड गाउँपालिका वडा नं ८, राहदेवमा तीन दिनदेखि सुत्केरी हुन नसक्दा आफन्तले जिल्ला अस्पताल र प्रदेश सरकारलाई उद्धारका लागि आग्रह गरेका छन् ।

अन्दाजी ३० वर्षीया ढल्ली बुढाले शिशुलाई जन्म दिन सकिरहेकी छैनन् । शिशुको एक हात मात्र बाहिर निकालिएको छ । उनको ज्यान खतरामा परेको जिल्ला अस्पताल हुम्लाकी सरिता बोहोराले जनाएकी छिन् । उनलाई तीन देखी सुत्केरी बेथा लागेको भए पनि जिल्लामा सम्भव नभए पछि उद्धारका लागि हेलिकोप्टर मगाएको जनाइएको छ । उनको उद्धार गर्न प्रदेश सरकारसँग हेलिकोप्टर माग गरिएको उनका आफन्तजनले जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank