ईमर्जिङ्ग नेपालको शेयर खुल्दै

आइतवार, फाल्गुन १३, २०७४



काठमाडौं । एन आई सी एसिया क्यापिटल लिमिटेड र ईमर्जिङ्ग नेपाल लिमिटेडबीच धितोपत्र निष्कशन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने सम्झौता भएको छ ।

एन आई सी एसिया क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेल तथा ईमर्जिङ्ग नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा विनोद आत्रेयले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । पाँच लाख कित्ता (कर्मचारी समेत) साधारण शेयरको धितोपत्र निष्कशन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने सम्झौता भएको हो ।

नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक– निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनिले विभिन्न क्षेत्रमा सेयर लगानी गरि देशका आधारभूत संरचना विकाशमा कार्य गर्नेछ ।

एन आई सी एसिया क्यापिटल लिमिटेडले हाल बजारमा कायम रहेको बैंक तथा बित्तिय संस्था, इन्स्योरेन्स र जलबिद्युत लगायत अन्य क्षेत्रहरुका कम्पनीहरुलाई सर्वसाधारणमा शेयर निष्काशन गर्न सहजीकरण गर्दै आइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments