‘एमरर्जिङ प्लेयर अवार्ड’को दावेदार खेलाडीमा सन्दिप (भोट गर्न यहाँ जानुहोस् !)

मङ्लबार, बैशाख ३, २०७६



काठमाडौं ।  विश्व चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग(आईपीएल) भारतका विभिन्न सहरमा जारी छ । हालसम्म ३१ खेल सकिँदा अंक तालिकामा चेन्नई शीर्षस्थानमा छ ।

सोमबार राती सम्पन्न खेलमा मुम्बई इन्डियनसले रोयल च्यालेंजर्स बैंगलोरलाई ५ विकेटले जितेको छ ।

हरेक सिजन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने ‘एमरर्जिङ प्लेयर अवार्ड’को दावेदार खेलाडीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि पर्न सफल भएका छन् । दिल्ली क्यापिटल्सबाट सुरुवाती ४ खेलमा ५ विकेट लिएका सन्दीप इमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा परेका हुन् ।

यस सिजनमा इमरर्जिङ प्लेयर अवार्डमा सन्दीप सहित रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्समा राहुल चाहर,राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल छन् । यी पाँच खेलाडीको लागि यो अवार्डको लागि भोटिङ खुल्ला भएको छ ।

आईपीएलको आधिकारीक वेवसाईटमा गएर भोट गर्न सकिन्छ । गत वर्ष यो अवार्ड ऋषभ पन्तले पाएका थिए ।

सन्दीपलाई भोट गर्न यहाँ थिच्नुहोस

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata