एम्बुलेन्स र ट्रक ठोक्किदा ७ जनाको मृत्यु

आइतवार, मंसिर १५, २०७६



सुनसरी  । सुनसरीको हरिपुरमा एम्बुलेन्स र ट्रक ठोक्किदा ७ जनाको मृत्यु भएको छ । शनिबार राति करिब साढे १२ बजेतिर कोशी गाउँपालिकास्थित हरिपुरमा भएको दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी एज्ञविनोद पोखरेलले जानकारी दिए ।

पूर्वपश्चिम–राजमार्गस्थित हरिपुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई वीरगन्जबाट पूर्व जाँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । मृत्यु हुने सातै जना एम्बुलेन्समा सवार रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा उदयपुरका राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राइ र शिवमाया राई रहेका छन् । उनीहरुको शब परीक्षणका लागि सुनसरीको सदरमुकाम इनरुपास्थित जिल्ला अस्पतालमा राखिएको पोखरेलले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata